ग्लोबल पिस फाउन्डेसन नेपाल र नेपाल क्यान्सर सहयोग समूहको संयुक्त आयोजनामा निःशुल्क क्यान्सर परीक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । काठमाडौंको सुदूर गाउँ छैमलेस्थित पञ्चकन्या माध्यमिक विद्यालयमा गत महिना आयोजना गरिएको एक दिवसीय उक्त शिविरमा एक सय महिलाले आफ्नो स्तन र पाठेघरको परीक्षण गराएका फाउन्डेसनका अध्यक्ष इन्जिनियर रामरोहण पन्तद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । २३ जना विशेषज्ञ चिकित्सकको समूहले परीक्षण गरेको शिविरमा क्यान्सर रोगका बारेमा बुभ्mन ३ सयभन्दा बढी व्यक्तिको उपस्थिति थियो । पुरुषहरुले समेत क्यान्सरको बारेमा चासोपूर्वक जानकारी लिएका थिए । सो अवसरमा नेपाल क्यान्सर सहयोग समूहका महासचिव डा. शशांक शर्माले शारीरिक श्रम बढी गर्नुपर्ने र पौष्टिक आहारको कमी हुने महिलामा यो रोग बढी लाग्ने जनाकारी दिनुभयो । नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष डा. सुदीप श्रेष्ठले क्यान्सरको सुरुवातको अवस्थामा पूर्ण उपचार सम्भव हुने भएकाले जनचेतना जगाउन शिविर सञ्चालन गरिएको बताउनुभयो ।